शनिबार, फाल्गुण ३ ,२०७५
भिडन्तमा छ प्रहरीसहित चौधको मृत्यु
रासस     २०७५-१०-२७

तालुकान,  अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ । 

शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये छ र प्रहरी आठ विद्रोही लडाकू रहेका जिल्ला गभर्नर मोहम्मद ओमरले जानकारी दिनुभयो । 

उहाँले मृत्यु भएका मध्ये छ जना प्रहरी रहेपनि आठ जना भने विद्रोही पक्षका लडाकू भएका बताउनुभयो । 

“तालिवान लडाकूको एउटा समूहले सुरक्षा कार्यालयमा आक्रमण गरेको थियो, स्थानीय समयानुसार बिहान ०७ बजे खावजा घार जिल्लामा आक्रमण भएको हो,” ओमरले भन्नुभयो । 

प्रतिक्रिया